डा गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रदै

१५ आश्विन २०७७, बिहीबार ०८:४८

डा डीआर उपाध्याय
·

वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा गोविन्द केसीको अनसन जारी छ । उनी अनसन बसेको आज १८ दिन पुग्यो । यतिका दिन हुँदा सम्म पनि उनका माग सरकारले अझै सम्वोधन गरेको छैन । उनले उठाएका माग सम्वोधन नभए सम्म अनसन टोडने पक्षमा उनी छैनन् । बेला बेलामा अनसन बसि उनी चर्चामा आउने गर्दछन । उनले देशको चिकित्सा शिक्षामा बढ्दो बेथितिविरुद्ध ‘सत्याग्रह’ गदै आएका छन । डा केसीले सत्याग्रह थालेयता धेरै सरकार बन्ने र फेरिने गरे । बिगतका सरकारका पालामा पनि सहमति, सम्झौता भए तर सहमति, सम्झौता कार्यान्वयन भएनन् । जसले गर्दा उनी पटक पटक अनसन बसे । बिगतमा पनि उनको सत्याग्रह रोकिएन । अहिले यो उनको १९औं अनशन हो । उनी अहिले शिक्षण अस्पतालमा जीवनसँग संघर्ष गरिरहेका छन् । उनको जीवन रक्षाका लागी सोच्ने बेला आएको छ । जीवन केहि तल माथि भयो भने को जिम्मेवारी हुन्छ ? उनको यो अनसन भदौ २९ गते जुम्लाबाट सुरु भएको थियो ।

फाईल फोटो


स्वास्थ्य अवस्था बिग्रदै गएपछि उनलाई त्यहाँबाट काठमाडौं ल्याइयो । अहिले उनी शिक्षण अस्पतालमा छन् । तर, उनको समर्थनमा देशका विभिन्न ठाउँमा प्रदर्शन भईरहेका छन । काठमाडौंको माईती घर लगायतका स्थानमा दिनदिनै प्रदर्शन भइरहेका हुन्छन ।
विगतका सरकारले चौतर्फी दबाब बढे पछि उनीसँग वार्ता गर्न बाध्य हुन्थ्यो । त्यस पछि सहमति गरेर अनशन तोडिन्थ्यो । सहमति भने कार्यान्वयन हुँदैनथ्यो । समस्या यो थियो । अहिले पनि सरकारले अनशनलाई बेवास्ता गरिरहेको संकेत देखिन्छ ।
डा केसी निःस्वार्थ रुपमा चिकित्सा सेवामा खटने व्यक्ति हुन् । उनलाई ब्यक्तिगत लोभ , लालच केहि छैन । उनले सामान्य जीवन बिताउन रुचाउँछन । उनले सरकारी सेवामा रहँदै पनि गाउँगाउँ पुगेर आफनो निजी खर्चमा विपन्न जनताको सेवा गर्दथ्ये । उनी सेवाबाट निवृत्त भए पछि पनि विपन्न जनताको सेवा गर्न पछि हटेका छैनन् । डा केसीको अनसनले यति बेला सरकारसामु गम्भीर प्रश्न उठेको छ ।
डा केसीको आन्दोलन आफनो ब्यक्तिगत स्वार्थका लागी होइन । उनको स्वार्थ भनेको सर्वसुलभ स्वास्थ्य सेवा हो, व्यवस्थित गुणस्तरीय पठनपाठन हो, चिकित्सा क्षेत्रमा देखिएको माफियाको बिरुद्ध हो । यो कुरा किन सर्वहारा जनताको नेतृत्व गर्ने सरकारले बुझदैन ?
डा गोविन्द केसीको स्वास्थ्य गम्भीर बन्दैछ । राज्यले उनको जायज माग र स्वास्थ्यस्थितिबारे कुनै चासो नराख्नु अमानवीयता हो ।