ट्राफिकलाई घुस दिन खोज्ने एक युवक पक्राउ

२९ फाल्गुन २०७४, मंगलवार ०९:०७

फगुन २९, काठमाडौं ।

काठमाडौंको सिंहदरबार चोकमा चेकजाँचका क्रममा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सर्लाहीको परकानिपुर घर भइ भक्तपुरको सिरुटार बस्दै आएका २५ वर्षीय भुवन मोक्तान छन् ।

महानगरीय ट्राफिक महाशाखाका अनुसार सिंहदरबार चोकमा मोक्तानले नियम उल्लंघन गरी बा ६४ प ३०७१ नम्बरको मोटरसाइल कुदाएका थिए ।

ट्राफिकले चिट काट्न खोज्दा उनले मिलाइदिनुस् भन्दै ५ सय रुपैयाँ दिएका थिए ।

उनलाई तत्कालन नियन्त्रणमा लिएर महानगरीय प्रहरी वृत, सिंहदरबारमा बुझाइएको छ ।