ट्रम्प र नेता किमको लन्चमा के के समावेश ?

२९ जेष्ठ २०७५, मंगलवार ०७:०९

जेठ २९, काठमाडौं ।

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनले मंगलवार सिंगापुरको सेन्टोसा टापुमा रहेको क्यापेला होटलमा सँगै लन्च गरेका छन् ।

द्विपक्षीय वार्तापछि दुवै नेताले पश्चिमी र एसियाली भोजन गरेका थिए । भोजनमा कोरियाली काँक्रो, गाईको मासु र हागेन दाजको आइसक्रीम पनि थियो ।

दुवै नेताहरू खाना खाने कोठामा प्रवेश गर्दा उनीहरूको फोटो खिचिएको थियो । त्यतिखेर ट्रम्पले रमाइलो पारामा आफूलाई एक सुन्दर तस्वीर खिच्न भने ।

दुवै नेता र तिनीहरूका प्रतिनिधिमण्डल एक लामो सेतो टेबलको आमनेसामने बसे । टेबललाई हरियो र सेतो फूलले सजाइएको थियो । लन्चअघि दुवै नेतालाई स्टार्टर पस्किइएको थियो ।

त्यसमा प्रनको ककटेलका साथ एभोकाडो सलाद र हरियो आँप केराबू थियो । त्यसलाई मह र कागतीले ड्रेसिङ गरिएको थियो ।

अनि अक्टोपस र ओसिओन लगायतका खानेकुरा पनि पस्किइएको थियो ।