ट्रम्पकै अगाडि उनको कुरा काटे नेदरल्यान्ड्सका प्रधानमन्त्रीले

२१ असार २०७५, बिहीबार ०७:४८

असार २१, काठमाडौं । एजेन्सी

नेदरल्यान्ड्सका प्रधानमन्त्री मार्क रटले सञ्चारकर्मीहरूकै अगाडि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको कुरा बीचैमा काटेका छन् ।

सोमवार ट्रम्प र रटको भेट ओभल अफिसमा जम्मा पाँच मिनेटका लागि भएको थियो । भेटमा युरोपेली संघ (ईयू) सँग अमेरिकाको व्यापार युद्धका विषयमा पनि चर्चा भयो । नेदरल्यान्ड्स पनि ईयूमा छ ।

ट्रम्पले भने, ‘मैले यो मुद्दालाई जी–७ शिखर सम्मेलनमा त्यत्तिकै छोडेर हिँडेको थिएँ । म अझै पनि सकारात्मक छु ।’

रटले ट्रम्पलाई हाँस्दै ‘होइन’ भने ।

ट्रम्प त्यसपछि ‘धन्यवाद’ भन्दै गए । ट्रम्प गएको देखेर रटले रिपोर्टरहरूलाई भने, ‘यो केही सकारात्मक हुने छैन । हामी यसका लागि केही गर्नेछौं ।’

रट आफ्नो सरल र स्पष्ट व्यवहारका लागि चिनिन्छन् ।

अमेरिकाद्वारा ईयूबाट आयात गरिने अटोमोबाइल पार्ट्समा कर लगाउने घोषणा ट्रम्पले मे महिनामा गरेका थिए । जुलाईको अन्तिममा ईयूका क्रुद्ध नेताहरूले ट्रम्पलाई ११ पृष्ठ लामो दस्तावेज पठाएका थिए । त्यसमा उनीहरूले अमेरिकी सामानमा २९० बिलियन डलर कर लगाउने कुरा गरेका थिए ।

जवाफमा ट्रम्पले ईयूले अहिलेको ट्यारिफ नहटाएमा युरोपेी कारमा २० प्रतिशत कर लगाउने बताए । एक टीभी अन्तर्वार्तामा त ट्रम्पले व्यापारको कुरा आउँदा युरोपेली संघ चीनजत्तिकै खराब भएको बताएका थिए ।