टिपरले किचेर ललितपुरमा एक जनाको मृत्यु

२१ आश्विन २०७७, बुधबार ०९:४०

बिग्रिएको टिपर बनाउने क्रममा किचेर ललितपुरमा एक जनाको मृत्यु भएको छ ।

ललितपुर प्रहरीका अनुसार ललितपुरको भट्टेडाँडामा बिग्रिएको टिपर बनाउने क्रममा टिपर गुड्दा मिस्त्रीको मृत्यु भएको हो ।

मंगलबार राति बागमती गाउँपालिका–३ भट्टेडाँडामा बिग्रिएको टिपर बनाउने क्रममा टिपर गुड्दा झापा घर भएर चापागाउँ बस्दै आएका ३० वर्षीय सूर्य लिम्बुको मृत्यु भएको हो ।

बा २ क ५९९८ नम्बरको टिपरले किचेर गम्भीर घाइते भएका लिम्बुको उपचारका लागि अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो ।