ज्योति साहित्यको कविता यात्राको नयाँ शृङ्खला सम्पन्न

२१ मंसिर २०७७, आईतवार १०:१३

काठमाडौं , ज्योति साहित्य प्रतिष्ठानले १७१औं कविता यात्रा सम्पन्न गरेको छ ।
कार्यक्रममा कविहरू रामबाबु सुवेदी, कलानिधि दाहाल, टंक भट्टराई, महेशराज खरेल, निर्मल पराजुली, ज्योति जंगल, जीविका अश्रु (गान्तोक), भैरवी भूगोल, गोकुल अधिकारी, गौरी तमु, निरु बिन्दु (कालेबुङ), लक्ष्मी रायमाझी खड्का, सुशीला ढकाल अधिकारी, लक्ष्मीप्रसाद मिश्र, चन्द्रवती अधिकारी, शर्मिला कार्की, सुमित्रा सुमी, पूर्णप्रसाद पन्त, रेणु घिमिरे, जगदीश्वर पोखरेल, गुप्तबहादुर श्रेष्ठ, द्वारिका कुइँकेल, चन्द्रा न्यौपाने, बिमुन्स पौडेल, लक्ष्मी बादल, सुधा मिश्र, विमल अर्याल, राधिका गुरागाइँलगायतले आफ्ना रचना वाचन गरेका थिए ।

संस्थाका अध्यक्ष मणिराज सिंहको सभापतित्वमा सम्पन्न कार्यक्रममा रुसमा बस्दै आएका साहित्यकार कृष्णप्रकाश श्रेष्ठले आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा साहित्यकारहरू मञ्जु काँचुली तिवारी, कृष्ण प्रधानलगायतको उपस्थिति थियो ।