जीवनभर चुनाव लड्न नपाउने भए पाकिस्ताननी पूर्वप्रधानमन्त्री शरिफले

३० चैत्र २०७४, शुक्रबार ०७:१६

चैत ३०, काठमाडौं ।

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफले आजीवन चुनाव लड्न नपाउने भएका छन् ।

सर्वोच्च अदालतले संविधानको धारा ६२ को उपधारा २ को एफ अनुसार यो प्रतिबन्ध लगाएको हो ।

 

पाँच न्यायाधीशको बेञ्चले सरिफलाई जीवनभर सरकारी पदमा बस्न अयोग्य ठहर पनि गरेको छ ।