जिभ्रोले खोल्छ स्वास्थ्यको रहस्य, कस्तो छ तपाईंको ?

१६ पुष २०७६, बुधबार १७:०१

सञ्चो छैन भने ऐनाअगाडि गएर जिभ्रो बाहिर निकाल्नुस् । जिभ्रोले तपाईंको स्वास्थ्यका बारेमा कति धेरै रहस्य उजागर गर्छ भन्ने थाहा पाउँदा तपाईंलाई आश्चर्य लाग्नेछ ।

स्वस्थ जिभ्रो
गजबको राम्रो स्वास्थ्य छ भने जिभ्रो गुलाबी हुन्छ र यसमा हलका सेतो परत हुन्छ । यो ठिक्कको मोटो हुन्छ, यसमा छिद्र हुँदैन अनि दाँतको दाग पनि हुँदैन । जिभ्रोमाथि औंला दौडाउनुभयो भने ससाना दाना जस्ता महसूस हुन्छन् । ती तपाईंका स्वाद थाहा पाउने अंग हुन् । यो भेटियो भने तपाईं स्वस्थ हुनुहुन्छ ।

जिभ्रोमा सेतोपना
तपाईंको जिभ्रो नै सेतो छ वा त्यसमा सेता दागहरू छन् भने रोगको लक्षण हो । तत्कालै चिकित्सककहाँ जानुहोस् ।

रातो जिभ्रो
जिभ्रो रातो भयो भने भिटामिनको कमी, ज्वरो, कावासाकी रोगको लक्षण हो । तत्कालै चिकित्सकको परामर्श लिनुपर्छ ।

कालो जिभ्रो
मधुमेह लागेका मानिसको जिभ्रो कालो र कपाल जस्तो हुन्छ ।

जिभ्रोमा फोका
कहिलेकाहीँ जिभ्रो टोकिँदा पनि फोका उठ्छन् । धुम्रपान गर्ने मानिसको पनि जिभ्रोमा घाउ हुन्छ । मुखमा अल्सर हुँदा पनि फोको उठ्छ । जिभ्रोको क्यान्सरको पनि लक्षण हो यो । चिकित्सककहाँ गइहाल्नुस् ।

दिनदिनै दाँत माझ्दाखेरी जिभ्रो हेर्नुपर्छ । अलि फरक रंग, फोका वा दुखाइ भएको दुई हप्ताभित्र लक्षण रहिरह्यो भने तालिमप्राप्त चिकित्सककहाँ गइहाल्नुपर्छ । एजेन्सी (लोकान्तर बाट)