जनतामा निराशा फैल्याउन केहि तत्वहरुले षड्यन्त्र गरिरहेका छन, सचेत रहन प्रधानमन्त्रीको आग्रह

२८ माघ २०७५, सोमबार १३:०१

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार गृह मन्त्रालयमा आयोजित प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै मुलुकलाई अन्धरकार युगमा राखिरहने प्रयास भईरहेको भन्दै त्यस्ता प्रवृत्तिविरुद्ध लडन सबैलाई आह्वान गर्नु भएको छ । प्रधानमन्त्री ओलीले जनतामा निराशा फैल्याउन केहि तत्वहरुले षड्यन्त्र गरिरहेको बताउदै सचेत रहन सवैलाई आग्रह पनि गर्नु भयो । उहाँले नेपालमा वैदेशिक लगानी भित्रन नदिन चैत दोस्रो साता आयोजना हुन गईरहेको ‘नेपाल लगानी सम्मेलन’ भाँड्ने तत्वहरु पनि सक्रिय भईरहेको दावी गर्नु भयो । प्रधानमन्त्री ओलीले केही दिनअघि अरुण तेस्रो जलविद्युत आयोजनाको मेसिन जलाउने लगायतका आतंककारी गतिविधि भएको उल्लेख गर्दै त्यस्ता गतिविधि सरकारलाई सैह्य नहुने चेतावनी दिनु भयो ।