जंगली हात्तीको आक्रमणले मोरङमा एक जनाको मृत्यु

१४ माघ २०७७, बुधबार १५:४८

मोरङ । सुन्दरहरैचा नगरपालिका–१० स्थित सुकुना सामुदायिक वनमा जंगली हात्तीको आक्रमणले एक महिलाको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट स्थानीय ३२ वर्षीया सीता पराजुलीको मृत्यु भएको हो ।

जंगलमा घाँस दाउरा गर्न गएको अवस्थामा हात्तीको आक्रमणले मंगलबार घाइते पराजुलीको उपचारको क्रममा कोसी अस्पताल विराटनगरमा बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी मोरङका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए ।