छिमेकीको हत्याको आरोपमा एक युवक पक्राउ

२७ मंसिर २०७६, शुक्रबार १६:१५

सोलुखुम्बु , दुधकोसी गाउँपालिका–३ बस्ने २६ वर्षीय डाकमान कार्कीलाई छिमेकीको कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।डाकमानको कुटपिटबाट गम्भीर घाइते भएका १८ वर्षीय पविधान राईको काठमाडौंको केएमसी अस्पतालमा उपचारको क्रममा ज्यान गएको थियो । यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।