छक्का पञ्जाको वर्चश्व

१७ माघ २०७४, बुधबार १०:३२

माघ १७, काठमाडौं ।

दीपाश्री निरौला निर्देशित बहुचर्चित फिल्म ‘छक्का पञ्जा’ले कामना अवार्डमा सर्वोत्कृष्ट फिल्मसहित ८ विधामा अवार्ड जितेको छविपीन क्षेत्री र सिर्जना सुब्बा सर्वोत्कृष्ट अभिनेता र अभिनेत्री घोषित भए ।

चौधरी ग्रुपको सिजी इन्टरनेनमेन्टसँगको सहकार्यमा कामना पब्लिकेशनले मंगलबार अवार्ड वितरण गरेको हो । जसमा दीपाश्री निरौलाले सर्बोत्कृष्ट नवनिर्देशकको अवार्ड जितिन् । यसैगरी केदार घिमिरे सर्वोत्कृष्ट हाँस्यकलाकार घोषित भए भने जितु नेपाल, सर्वोत्कृष्ट सहअभिनेता दरिए ।

सोही चलचित्रबाट दीपकाराज गिरीले सर्वोत्कृष्ट खलनायकको अवार्ड जिते भने गिरीसहित केदार घिमिरे र जितु नेपालले संयुक्तरुपमा सर्वोत्कृष्ट संवादको अवार्ड पाए । कृष्ण काफ्लेले पाश्र्वगायक र कविराज गहतराले सर्वोत्कृष्ठ नृत्य निर्देशकको अवार्ड सोही चलचित्रबाट पाए ।


नयाँदेखि पुराना पुस्ताका कलाकारको सहभागिता रहेको उक्त अवार्डमा ‘डाइङ क्यान्डल’वाट सिर्जना सुब्बाले सर्वोत्कृष्ट नायिकाको अवार्ड पाइन् । सोही चलचित्रबाट लाक्पा सिंघे लामा सर्वोत्कृष्ट वालकलाकार, रविन आचार्य सर्वोत्कृष्ट छायाँकार र सरोज बुढाथोकीले सर्वोत्कृष्ट श्रृङ्गारको अवार्ड पाए ।

‘गाजलु’ ले अब्बल फिल्मको उपाधी पायो भने सोही चलचित्रवाट हेमराज बिसी सर्वोत्कृष्ट निर्देशक, सृष्टी श्रेष्ठ सर्वोत्कृष्ट नवनायिका, सुरेन्द्र पौडेल सर्वोत्कृष्ट सम्पादक र उत्तम न्यौपानेले ध्वनी मिश्रणमा अवार्ड पाए ।

विपिन कार्कीले ‘जात्रा’ बाट सर्वोत्कृष्ट अभिनेता घोषित भए भने सोही चलचित्रका निर्देशक प्रदिप भट्टराइले पटकथामा अवार्ड पाए । ‘होमवर्क’ का लागि गौरी मल्लले सर्वोत्कृष्ट सहनायिकाको अवार्ड पाइन् । डा. कृष्णहरी बराल सर्वोत्कृष्ट गीतकार र लुट–२ को ‘ठमेल बजार’ गीतका लागि कालीप्रसाद बास्कोटाले सर्वोत्कृष्ट संगीतकारको अवार्ड पाए । छायाँकार मञ्जुकुमार श्रेष्ठ, हरिहर शर्मा र सकुन्तला शर्मालाई लाइफटाइम अचिभमेन्ट अवार्ड दिइएको थियो ।

जम्मा ३२ विधामा अवार्ड प्रदान गरिएको थियो