चौधरीको सपथ ग्रहण स्वाभाविकःनेम्वाङ

१९ पुष २०७५, बिहीबार १८:२२

काठमाडौ सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका उपनेता सुवास नेम्वाङले रेशम चौधरीको सपथ ग्रहण स्वाभाविक भएको प्रतिक्रिया दिनु भएको छ ।


चौधरीको सपथ ग्रहणपछि नेकपा संसदीय दलको कार्यालयमा पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिदै नेता नेम्वाङले चौधरीको सपथ स्वाभाविक प्रक्रिया भएको टिप्पणी गर्नु भयो । निर्वाचनमा लड्दा प्रक्रियाले नरोकेकाले त्यही निर्वाचनबाट निर्वाचित सांसदलाई सपथ गराउनु स्वाभाविक भएको उहाँको तर्क थियो।