चीनका प्रधानमन्त्री गोप्य रूपमा तिब्बतमा, भने तिब्बत चीनको अविभाज्य भाग

१४ श्रावण २०७५, सोमबार १३:२६

साउन १४, काठमाडौं । एजेन्सी

चीनका प्रधानमन्त्री ली खस्याङ तिब्बतको स्वायत्त क्षेत्र तिब्बतको तीनदिवसीय भ्रमण शुक्रवार पूरा गरेर बेइजिङ फर्केका छन् । तर यो भ्रमणको खबर आइतवार मात्र दिइयो ।

मिडिया रिपोर्टका अनुसार, प्रधानमन्त्री लीले तिब्बतको राजधानी ल्हासा, यारलुङ जाङ्बो (ब्रह्मपुत्र नदी) र नायिङ्ची र शानन नगरको भ्रमण गरे ।

भ्रमणका क्रममा उनले तिब्बतलाई चीनको अविभाज्य भाग बताए र धर्मगुरुहरूलाई राष्ट्रिय एकता र सद्भाव बढाउन भने ।

तिब्बतले विकास र समृद्धि हासिल गर्ने, राष्ट्रिय एकताको रक्षा गर्ने अनि विभिन्न जातीय वर्गहरूका बीच एकतालाई प्रवर्द्धन गर्ने लीले आशा गरे ।

ली ल्हासास्थित दलाई लामाको परम्परागत आवास पोताला महल पनि गए अनि सरकार सांस्कृतिक विरासतको रक्षा र प्रवर्द्धनका लागि प्रतिबद्ध रहेको बताए ।

उनी ल्हासाको जोखाङ मठ पनि गए । त्यसलाई तिब्बतको सबभन्दा पवित्र स्थल मानिन्छ ।