चितवनमा २३ वर्षकी ‘सुन्दरी’ले खोलिन् रेष्टुरेन्ट, ग्राहकको भीड

१८ श्रावण २०७६, शनिबार १४:२१

काठमाण्डौ , २३ वर्षकी रञ्जता शर्माले हालै चितवनको भरतपुरस्थित सप्तगण्डकी चोक नजिकै क्याफे खोलेकी छन् । बीबीए सकेर मास्टर्स पढ्ने योजनामा रहेकी रञ्जता विदेश जानुको सट्टा नेपालमै केही गर्न सकिन्छ भन्ने सोचमा लागेकी छिन ।

उनले खोलेको बेल्ना फास्टफूड जोनमा विस्तारै आकर्षण बढ्न थालेको उनी बताउँछिन् । ‘हामीले ग्राहकको सन्तुष्टिका लागि केही नयाँ परिकार पनि भित्र्याएका छौं । साथै हामी स्वाद र मूल्यमा पनि सचेत छौं’, उनले भनिन् । उनको क्याफेमा दरबारे लस्सी, दही लस्सी, कट्टी रोल, लाफिङ्ग, बेल्ना परौठा, मःम, छोले भटुरे, ससेज प्रमुख आकर्षणका रुपमा रहेका छन् ।

‘धेरै ग्राहकले हामीले चितवनमै पहिलो पटक भित्र्याएको दरबारे लस्सी मन पराउनु भएको छ , त्यस्तै हाम्रो कट्टी रोलको पारखी पनि विस्तारै बढ्दै हुनुहुन्छ’, उनले सुनाइन् । झण्डै १२ लाखको लगानीमा उनले खोलेको क्याफेमा ७ जनाले रोजगारी पाएका छन् । उनै आफैं पनि क्याफेको काममा खटिन्छिन् । आम्दानीबारे सोध्दा उनले भनिन्, ‘स्टाफ लगायत पूरै सञ्चालन खर्च धानिएको छ, केही रकम बचत पनि गरिरहेकी छु ।’