चितवनमा थप एक कोभिड १९ संक्रमितको मृत्यु

९ मंसिर २०७७, मंगलवार १०:०९

काठमाडौं, चितवनमा थप एक कोभिड १९ संक्रमितको मृत्यु भएको छ।

आज बिहान उपचारको क्रममा भरतपुर अस्पतालमा रत्ननगरपालिका १० बस्ने ५२ वर्षीय पुरुषको मृत्यु भएको हो। उनी मंसीर ४ गते ज्वोरो, खोकी तथा स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए। उनको आइतवार कोभिड १९ पोजेटीभ पुष्टी भएको थियो।

कोभिड आइसियु वार्डमा राखेर उपचार भइरहेको अवस्थामा आज बिहान ७ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ।