चलचित्र ‘सुदुर’ नायिका वर्षा सिवाकोटीले छाडिन्

१३ माघ २०७७, मंगलवार १४:४४

 

 

रमेश बुढाथोकीको निर्देशनमा बन्न लागेको चलचित्र ‘सुदुर’बाट नायिका वर्षा सिवाकोटी बाहिरिएकी छिन् । नायिका सिवाकोटीले यो चलचित्र साइन गरेको करिब डेढ बर्ष भयो । डेढ बर्ष अगाडि छायांकनमा जाने भनेर वर्षाले चलचित्र साइन गरेकी थिइन् । तर, चलचित्रको छायांकन ढिला भैरहेको थियो । कोरोना महामारीका कारण चलचित्रको छायांकन सुरु हुन सकेन । चलचित्रको छायांकनको सेड्यूल पछि सरेको र आफूले समय दिन नसक्ने भएपछि सहमतीमै चलचित्र छाडेको वर्षाले बताइन् ।

नायिका सिवाकोटीले भनिन्–‘लकडाउनपछि म नयाँ व्यवसायमा पनि आवद्ध भएकी छु । यसैले पनि करिब २ महिना समय चलचित्रका लागि दिन नसक्ने अवस्था भयो । यस्तै, सोही मितिमा अर्को चलचित्रको छायांकन पनि पर्ने भएकाले काम गर्न नसकेकी हुँ ।’