चलचित्र ‘घामड शेरे’ हलमा

२२ कार्तिक २०७६, शुक्रबार १०:४१

काठमाडौं , निश्चल बस्नेत र स्वस्तिमा खड्का रियल लाइफकै जोडी हुन् । दुवैले चलचित्रमा अनस्क्रिन रोमान्स गरेको पहिलो चलचित्र ‘घामड शेरे’ शुक्रबारबाट रिलिज भएको छ ।

तिहारअघि कात्तिक ९ गतेलाई रिलिज डेट तोकिएको चलचित्रलाई मल्टिप्लेक्स हलले थोरै शो उपलब्ध गराएपछि प्रदर्शन मिति सारिएको थियो । आज शुक्रबार अन्य नेपाली चलचित्र रिलिज नभए पनि ‘घामड शेरे’ लाई त्यस्तो उल्लेख्य शो भने दिइएको छैन । जम्मा १४ शो मात्र उपलब्ध गराइएको छ ।

‘घामड शेरे’ लाई सफल निर्देशकको परिचय बनाएका हेमराज बिसीले निर्देशन गरेका हुन् । एउटा निर्देशकले अर्को चर्चित निर्देशकलाई नायकको रूपमा अभिनय गराएकाले पनि यो चलचित्रप्रति चौतर्फी चासो देखिएको छ । निश्चल बस्नेत र स्वस्तिमा खड्का अहिलेका लोकप्रिय कलाकार जोडी हुन् । त्यसको फाइदा ‘घामड शेरे’ ले उठाउन सक्ने देखिएको छ ।