चर्चित मोडल माला लिम्बु एक्कासी सडकमा हिडेसी ट्राफिक जाम (भिडियो सहित)

२६ भाद्र २०७४, सोमबार १३:४८

भदौ २६, काठमाडौं । भिन्न शैलीका गीत गाउन रुचाउने गायक हुन् भुवन प्यासी। गायक प्यासीको नयाँ गीत ‘ट्राफिक जाम’को भिडियो उनले यतिबेला सार्वजनिक गरेका छन्। जसमा पछिल्लो समयकी चर्चित मोडल माला लिम्बुको अभिनय रहेको छ। ‘आयान’ एल्बममा समावेश यो गीतमा भुवन र राजेन्द्र बजगाँइको शब्द, राजेन्द्रकै संगीत छ।

शिव विकले निर्देशन गरेको यो भिडियोले सांगीतिक बजारमा चलेका गीतहरुको ट्रेन भन्दा केही फरकपन दिने कोशिस गरेको गायक प्यासी बताउँछन्। मोडल लिम्बुका माध्यबाट गायक प्यासीले वैशाँलु उमेरका युवतीको सुन्दरताको वर्णन गर्दै उनकै कारण शहरका चोकमा ट्राफिक जाम भएको कुरालाई उठाएका छन्। निशान घिमिरेको सम्पादन रहेको भिडियोलार्इ अर्जुन तिवारीले छायांकन गरेका हुन्।