चर्चित कलाकार मनोज गजुरेल आइसियू

२१ कार्तिक २०७७, शुक्रबार १०:३६

काठमाडौँ , कोरोना भाइरसको संक्रमणले अवस्था गम्भीर भएपछि चर्चित कलाकार मनोज गजुरेललाई आइसियूमा सारिएको छ । स्वास्थ्य अवस्था गम्भीर भएपछि अस्ति बुधबार उनलाई उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल भर्ना गरिएको थियो।

हिजोदेखि उनको आइसियूमा उपचार भइरहेको हो । कात्तिक १० गते सोमबार कोरोना भाइरस संक्रमण पुष्टि भएपछि घरमा नै आइसोलेशन बसिरहेका उनको अस्ति बुधबारबाट स्वास्थ्य अवस्था जटिल बनेपछि अस्पताल भर्ना गरिएको हो।

आफूलाई कोरोना भाइरसको संक्रमण भएको फेसबुकबाट सार्वजनिक गरेका गजुरेलले आफ्ना दाजुलाई अस्पताल ल्याउने लैजाने क्रममा आफू संक्रमित भएको शंका व्यक्त गरेका थिए। उनलाई लक्षणसहितको कोरोना पुष्टि भएको थियो।