चरेश तस्करी गर्दै गर्दा, दुई जना पक्राउ

२३ माघ २०७४, मंगलवार १०:३३

माघ २३, काठमाडौं ।

लगेजमा लुकाएर २५ केजी अवैध लागुऔषध चरेश तस्करी गर्दै गर्दा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गोरखाको पालुङ्गटार–९, खोप्लाङ्ग घर भइ काठमाडौं–१६ नयाँबजार बस्दै आएका २५ वर्षीय अमर तामाङ्ग र धादिङ्ग खनियाबास–२, झर्लाङ्ग घर भइ काठमाडौं–५, लोलाङ्ग बस्दै आएका २० वर्षीय रणबिर तामाङ्ग छन् ।

उनीहरुलाई विशेष सुराकीको आधारमा काठमाडौं–१६, वसन्तनगर गुम्बाबाट लोकतान्त्रिक चोक जाने पुलको नजिकबाट पक्राउ गरिएको हो ।

महानगरीय प्रहरी वृत, बालाजुका अनुसार बा १ ज १३४९ नम्बरको ट्याक्सीमा सवार उनीहरुलाई चेकजाँच गर्ने क्रममा अमर र रणविरको साथमा लगेजमा चेकजाँच गर्दा २५ केसी चरेस भेटिएको थियो ।

उनीहरुलाई शनिबार पक्राउ गरी लागूऔषध मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको बताइएको छ ।

उनीहरुसँगै लागुऔषध कारोबारमा संलग्न अन्यको समेत खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुले काठमाडौंबाट कञ्चनपुरसम्म उक्त लगेज लैजान लागेको बयान दिएका छन् ।