चट्याङ लागेर सिन्धुपाल्चोकमा अामाछोरीको मृत्यु

२९ फाल्गुन २०७४, मंगलवार ०८:४९

फगुन २९, काठमाडौं ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिका-४ स्थित घुङ्गा भन्ने स्थानमा चट्याङ लागेर आमाछोरीको मृत्यु भएको छ ।

छब्बिस वर्षीया तोकमाई तामाङ र उनकी एक महिने छोरीको घरमै बसेको अवस्थामा सोमबार बेलुका पानीसँगै परेको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिए ।

जिल्ला सदरमुकामबाट उक्त स्थान करिब ४० किलोमिटरको दूरीमा रहेको र चट्याङबाट पाँच वटा चौपायासमेत मरेको जनाइएको छ ।