घूससहित इन्जिनियर र सवइन्जिनियर पक्राउ

९ माघ २०७५, बुधबार १३:३८

काठमाडौं , सेवाग्राहीसँग घूस लिँदै गरेको अवस्थामा इन्जिनियर र सवइन्जिनियर पक्राउ परेका छन् । रूपन्देहीको शुद्दोधन गाउँपालिका कार्यालयको प्राविधिक शाखामा कार्यरतइन्जिनियर कपिल अर्याल र सवइन्जिनियर लक्ष्मण ढुङ्गाना सेवाग्राहीसँग घूस लिइरहेको अवस्थामा पक्राउ परेका हुन् ।

 

 

सेवाग्राहीको पुरानो भवनको नक्सा पास तथा अभिलेखीकरण गरिदिएवापत विभिन्न बहाना बनाई घूस रकम माग गरिरहेको भन्ने उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले उनीहरूलाई पक्राउ गरेको बताइएको छ ।