गैरआवासीय नेपाली संघको मतदान सम्पन्न

३० आश्विन २०७६, बिहीबार १८:१६

काठमाण्डौ , गैरआवासीय नेपाली संघ (एनआरएनए)को मतदान सम्पन्न भएको छ ।

बिहीबार बिहान १० बजेदेखि सुरु भएको मतदान बेलुकी साढे पाँच बजे सकिएको हो ।

‘म, मेरो एनआरएनए र मेरो नेपाल’ भन्ने नाराका साथ सुरु भएको गैरआवासीय नेपाली संघ ‘एनआरएनए’ को नवौँ विश्व सम्मेलन बिहीबार सकिँदैछ ।

सम्मेलनको समापन केही बेरपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तयारी छ । सम्मेलनमा ८१ देशका प्रतिनिधिसहित २५ सयभन्दा धेरै सहभागी रहेको एनआरएनएले जनाएको छ । संघको अध्यक्षमा कुल आचार्य र कुमार पन्तले उम्मेदवारी दिनु भएको थियो ।