गैरआवासीय नेपाली संघको नवौ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन भोलिदेखि

२७ आश्विन २०७६, सोमबार १८:२२

काठमाडौं, गैरआवासीय नेपाली संघको नवौ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन मंगलबारदेखि काठमाडौंमा हुने भएको छ ।दुई दिनसम्म होटल हायात रिजेन्सीमा आयोजना हुने सम्मेलनबाट नयाँ नेतृत्वसमेत चयन हुनेछ । विभन्न १४ पदका लागि ४२ जना चुनिनेछन् । मतदानको कार्यतालिका बुधबारका लागि तय गरिएको छ ।

आगामी नेतृत्वका उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् ।

नेपाल सरकार, नेपाल उद्योग बाणिज्य महासंघ र एनआरएनएको संयुक्त आयोजनामा हुने सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन र समापन प्रधानमन्त्री केपी शर्मा ओलीले गनु हुने बताइएको छ ।