गुलाबको फूल बोलको लोकदोहोरी गीत सार्वजनिक (भिडियो)

२९ भाद्र २०७६, आईतवार १४:३६

काठमाडौं , लोकप्रिय गायिका विष्णु माझी र विनोद विसीको स्वरमा रहेको गुलाबको फूल बोलको लोकदोहोरी गीत सार्वजनिक भएको छ। युनिक भोजराज विकको शब्द तथा संगीत रहेको गीतमा नायिका केकी अधिकारीले अभिनय गरेकी छिन्।

अभिनयमा उनलाई गम्भीर विष्ट र सुरज श्रेष्ठले साथ दिएका छन्। निश्चल केसीको निर्देशन रहेको गीतको कोरियोग्राफि विष्टले गरेका हुन्।