गुटगत स्वार्थले कांग्रेसमा आन्तरिक विवाद

१६ पुष २०७६, बुधबार ०९:५०

काठमाडौं, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद सुल्झिनु साटो बल्झिएको छ। पार्टीका सबै तहका नेताहरूको ध्यान संगठन निर्माणभन्दा १४औं महाधिवेशनबाट कसरी नेतृत्वमा कायमै रहनेरपुग्ने भन्नेमा केन्द्रित हुँदा समस्या बढेको हो।

संस्थापन पक्षले असन्तुष्ट पक्षको सहभागिताबिनै १४औं महाधिवेशन कार्यतालिकासहित विभिन्न निर्णय गरेपछि विवाद झन् बल्झिएको छ। संस्थापन पक्षले निर्णय नसच्याएसम्म छलफलमै नबस्ने अडान असन्तुष्ट समूहको लछ। संस्थापन पक्षले बिहीबार केन्द्रीय समिति बैठक बोलाएको छ।

राष्ट्रियसभा र प्रतिनिधिसभा सभामुखका लागि हुन लागेको निर्वाचन विषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले बिहीबार केन्द्रीय समिति बैठक बोलाएका हुन्। देउवाले बैठक बोलाए पनि असन्तुष्ट पक्षीय नेताहरूको मंगलबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको भेलाले बैठकमा सहभागि नहुने निष्कर्ष निकालेको छ।

‘जसले महाधिवेशन कार्यतालिका माग्यो उसको सहभागिताबिनै सभापतिले एकलौटी निर्णय गरेपछि हाम्रो सहभागिता किन चाहियो रु’ असन्तुष्ट पक्षीय एक नेताले भने, ‘जे गर्नु हुन्छ उहाँ ९सभापति० हरूले गर्नु हुन्छ। हामी सहभागी हुँदैनौ।’

एक पक्षीय ढंगबाट सार्वजनिक भएको महाधिवेशन कार्यतालिका नसच्याएसम्म सभापतिसँगको छलफलमासमेत नबस्ने बताउँदै आएको असन्तुष्ट पक्षले पुस २१ गते जिल्ला सभापतिको भेला काठमाडौंमा बोलाएको छ।

असन्तुष्ट पक्षले भ्रातृ तथा शुभेच्छुकसहित पार्टीका सबै निकायलाई संस्थापन पक्षको निर्णयको विपक्षमा परिचालन गर्ने निष्कर्ष निकालेको छ।

पार्टीको बृहत्तर हितलाई केन्द्रमा राखेर आफूहरु अघि बढ्ने बताउँदै केन्द्रीय सदस्य हृदयराम थानीले भने, ‘एकलौटी र विधानविपरीत गरिएको निर्णयकाविरुद्ध हामी हाम्रो अडानमा कायमै रहनेछौं।’ (आजको नागरिक दैनिकबाट)