गायक खनालको गीत ‘उड्यो मालचरा वस्यो हिमालमा’ (भिडियो)

१९ श्रावण २०७६, आईतवार १८:३४

काठमाडौं , गायक कमल खनालको गीत उड्यो मालचरा वस्यो हिमालमा रिमा ईन्टरटेनमेन्ट नेपाल मार्फत सार्वजनिक भएको हो । गीतमा कमल खनाल र टिका पुनको स्वर रहेको छ ।

लय शव्द कमल खनालको रहेको गीतको निर्माण रिमा फिल्मस्ले गरेको हो । उदिराम खड्काले निर्देशन गरेको भिडियोमा रिना थापा र मनोज खड्काको फिचरिङ रहेको छ । नारायण राज सत्यालले सम्पादन गरेका गीतको भिडियो हरीनारायण चौधरी र मिराज अर्यालले छायांकन गरेका हुन् ।

२०३३ सालमा भैरबस्थान ,१ रानिठाँटी पाल्पामा जन्मिएका खनाल २०५६ सालदेखी निरन्तर गित संगीत लोकदोहोरी क्षेत्रमा लागेका हुन् । उनको यसअघि पनि मायाको मालिक,मरे आमा, छुट्टिने दिन आयो पन्चैबाजा ,बालाचुराले,डाली पलायो,परदेशी छोरा, छोरो खेलाऊदै,माया मारे है,भेटौला अवश्य जस्ता चर्चित गीतहरु सार्वजनिक गरिसकेका छन् ।