गलबन्दीकी मोडल अञ्जली अधिकारीलाई कसले दियो धोका ?

७ भाद्र २०७६, शनिबार ११:०६

काठमाडौं , अञ्जली अधिकारी नेपाली सांगीतिक क्षेत्रकी चर्चित मोडल हुन् । उनी निकै चलेको मोडलमा पर्छिन् । बोल माया, गलबन्दी जस्ता चर्चित गीतमा अभिनय गरेर दर्शकलाई रुवाउन र हँसाउने क्षमता राखेकी अञ्जली अभिनय र नृत्यमा अब्बल देखिन्छिन् । तर, शुक्रबार दिउँसो उनले आफूलाई साथ दिन्छु भनेर आएकाले अपाङ बनाएर गएको स्ट्याटस लेखेकी छन् ।
सामाजिक सञ्जाल फेसबुकमा उनले कविताको लयमा पोष्ट गरेको स्ट्याटसमा आफ्नो खुसी दैवले लिएको, एक्लै रहँदा पिर धेरै परेको, साथ दिन्छु भन्नेले अपाङ्ग बनाएको उल्लेख गरेकी छन् । यद्यपी उनले मात्र भावनात्मक सृजनाको रुपमा पोष्ट गरेकी हुन् वा वास्तविक जीवनमै भोगेको पीडा उल्लेख गरेकी हुन् यसबारे केही खुलाएकी छैनन् ।

फेसबुकमा उनले लेखेकी स्ट्याटस जस्ताको तस्तै, ‘जिन्दगीमा दुख पीडा अति भयो । अलिकति खुशी त्यो पनि दैवले लयो । एक्लै थिए दुनियाँमा पिर धेरै थियो, साथ दिन्छु भनेर आयो अपाङ्ग बनाइ गयो ।’