गरिबी नै हाम्रो देशको प्रमुख चुनौती

१३ आश्विन २०७७, मंगलवार ०७:५८

डा डिआर उपाध्याय,
काठमाडौं , अव मुलुक आर्थिक विकासमा केन्द्रित हुनु पर्छ । राजनीतिक मुद्दामा मात्र अल्झिएर देशको बिकास हुदैन । देशको आर्थिक विकास नै अहिलेको मुख्य बिषय हो । विगतमा राजनीतिक द्वन्द्वका कारण देशको बिकास हुन सकेन । अव त्यस्तो अवस्था छैन । मुलुकमा झण्डै दुई तिहाईको सरकार छ । मुलुकको भाग्य र भविश्य निर्माणका लागी सवै दलहरु साझा एजेन्डा बनाएर अघि बढनु पर्ने बेला आएको छ । एकले अर्काको खुट्टा तान्र्ने प्रवृतिको अन्त्य गरौ। । मिलेर देशको बिकास गरौं । यो नै आजको आबश्यकता हो । बिगतमा अस्थिर सरकारका कारण नेपालले ठूला आयोजनाहरू निर्माणमा निकै समस्या भोग्नु परेको थियो । राजनीतिक मुद्दामा मात्र केन्द्रित बनेर अव हुदैन । बिगतमा फोहोरी राजनीतिकै कारण मुलुक बिकासको गतिमा अघि बढन सकेन । अब आर्थिक तथा भौतिक विकासमा सवैको ध्यान जानु पर्छ । सरकारले अघि सारेको समृद्धिको महासङ्कल्प पुरा गर्ने दिशामा अघि बढनु पर्छ । मुलुक आर्थिक क्रान्तिको अभियानमा क्रियाशील हुनु पर्छ । हाम्रो देश गरिव छ । यो देशलाई गरिवीबाट मुक्त गर्न पनि आर्थिक क्रन्तिको जरुरी छ । गरिबी निवारणका विभिन्न प्रयास नभएका होइनन् । गरिबी नै हाम्रो देशको प्रमुख चुनौती हो । गरिबी सधैका लागी खतरा हुनेछ । गरिवीका कारण नै बिद्रोह हुने गरेको इतिहास छ । यस बिषयमा सवै बेलैमा सचेत बनौं । मुलुकको भविष्यलाई सुन्दर बनाउन नेतृत्व सक्षम हुन जरुरी छ । सक्षम नेतृत्व बिना मुलुक बनाउन असम्भव छ । गरिबीको दुष्चक्रलाई परास्त गर्न एकताको आवश्यकता छ । एकता बिना गरिबी दुष्चक्रलाई परास्त गर्न सकिदैन । कोभिड–१९ को महामारीले मुलुकमा सङ्कट उब्जाएको छ । यो संग लडनु पर्ने चुनौति हाम्रो सामु छदैछ । कोभिड–१९ को कारण आर्थिक अवस्था सवैको कमजोर बनेको छ । यति खेर सवैको समस्या छ । समस्याबाट कोही मुक्त छैन । महामारीले उत्पन्न गरेका स्वास्थ्य तथा आर्थिक क्षेत्रका असरबाट नागरिक पीडित छन । अव सरकारले आर्थिक सुधार र दु्रत विकासको पथमा लम्किने प्रतिबद्धता जनाउनु पर्छ ।