ख्याल गर्नुहोस्, फोहोर मैलाको कारण संक्रमण बढ्न सक्छ

२६ मंसिर २०७७, शुक्रबार ०७:३५

डा डिआर उपाध्याय,

काठमाण्डौ, काठमाडौँ उपत्यकामा फोहोर मैला ब्यबस्थापन सहज रुपमा हुन सकेको अवस्था देखिदैन । यो काठमान्डौ महानगरपालिकाको लागि चुनौतीको विषय हो । काठमान्डौ उपत्यकाका अधिकांश भूभागमा फोहोरका थुप्राहरु देखिन्छन् । यसले आम उपत्यकाबासीलाई दुर्गन्धित बनाई रहेको छ । यस प्रति सरोकारवाला निकाय किन मौन ? यति बेला उपत्यकामा कोरोना भाइरसको संक्रमण बढिरहेको अवस्था छ । यस विषयमा सबै गम्भीर हुनु पर्ने आवश्यकता देखिएको छ । फोहोर मैलाको कारणले गर्दा पनि संक्रमण बढ्न सक्छ । जाडो मौसममा कोरोनाको जोखिम बढ्ने स्वास्थ्य विद्ले बताइरहेका छन् । यस्तो अवस्थामा तपाई हामी आजै देखि सचेत हुनुपर्ने जरुरी देखिएको छ । विगत नौ महिना देखि बन्द स्कुल कलेज खोल्न सक्ने वातावरण पूर्ण रुपमा बन्न सकेको अवस्था छैन ।


पहुच र सुगम ठाउँका विद्यार्थीहरुले मात्र भर्चुअल कक्षाको उपयोग गरिरहेका छन् दुर्गम र विपन्न वर्गका विद्यार्थीहरु शिक्षा लिनबाट बञ्चित छन् । यसको मुख्य कारण् कोरोना कहर नै हो । यस्तो बेलामा बन्द भएका स्कुल , कलेज खोल्न उचित हुन्छ या हुदैन गम्भीर प्रश्न उठीरहेको छ । यो विषयमा स्वास्थ्य विज्ञले तत्काल बन्द स्कुल, कलेज नखोल्न सुझाब दिएका छन् । यदि तत्काल खुलेमा संक्रमणको जोखिम बढ्न गई कोरोनाको दोसो्र लहर आउन सक्ने चेतावनी दिएका छन् । त्यस कारणले गर्दा तपाई हामी आम नागरिक सर सफाइमा ध्यान दिनु पर्छ । फोहोर मैलाको कारण संक्रमण बढ्न जाने हुनाले जथाभावी फोहोर नफाली उचित ठाउँमा मात्र फोहोर मैला फाल्ने बानी बसाउनु पर्छ, यो नै सभ्य नागरिकको कर्तब्य र दायित्व हो । काठमाडौँ उपत्यकाका नदी किनारमा अझै पनि फोहरमैला फाल्ने काम रोकिएको छैन । किन काठमाडौँ उपत्यका भित्रका नागरिक पूर्ण रुपमा यस विषयमा सचेत छैनन् ? मलाई प्रश्न गर्न मन लाग्यो ।
यसरी हेर्दा नागरिकले फोहरका पोका, प्लास्टिक, मृत जनावर, ढललगायतका फोहरजन्य वस्तुहरू नदीमा फ्याँक्दै जाने हो भने जति प्रयास गरे पनि उपत्यकाका नदी किनार सफा हुने देखिँदैन । कुनैै पनि कार्यक्रम सफल बनाउनका लागि राज्य र नागरिकको सामूहिक सहभागिता आवश्यक हुन्छ । एउटा नागरिक आफै सचेत भएर आफ्नो टोल, छिमेक, गाउँ, ठाउँ वा सहर आफैं बनाउने वा सफा राख्ने बानी बसाल्नु पर्छ । ख्याल गर्नुहोस्, फोहोर मैलाको कारण संक्रमण बढ्न सक्छ ।