खोलाले बगाउँदा १२ वर्षीया बालिकाको मृत्यु

६ भाद्र २०७७, शनिबार १४:३७

चितवन, राप्ती नगरपालिका वडा नं १३ कान्दामा खोलाले बगाएर एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही स्थान निवासी १२ वर्षीया सम्झना चेपाङ रहेकी छन्।

राप्ती नगरपालिका प्रमुख प्रभा बरालका अनुसार आमा छोरी मकै भाँच्न जाँदा छोरीलाई खोलाले बगाएको हो। खोलाले चेपाङलाई शुक्रबार दिउँसो बगाएको र राति अबेर मात्रै उनको शव भेटिएको बरालले जानकारी दिइन्। घटना स्थलमा आज प्रहरी जाँदै गरेको उनले बताइन्।