खुट्टाको जुत्ता र मोजा फाट्दा समेत राजनीतिमा थाकेको छैनः नेता गौतम

२३ मंसिर २०७६, सोमबार १२:०८

काठमाडौं , नेपाल कम्युनिष्ट पार्टी (नेकपाका ) नेता पुन्य गौतमले सरकारका काम कारवाही राम्रो हुदै आएको दावी गर्नु भएको छ । आयो टि भी को प्रस्तुती आयो संवाद कार्यक्रममा बोल्दै नेता गौतमले यस्तो दावी गर्नु भएको हो । उहाँले सरकार बिकास र समृद्धिको दिशामा अघि बढेको बताउनु भयो । बिरोधीले हल्ला चलाय जस्तो त्यस्तो जनतामा निराशा नभएको नेता गौतमको भनाई थियो । नेता गौतमले आफु खुट्टाको जुत्ता र मोजा फाट्दा समेत राजनीतिमा नथाकेको खुलासा गर्नु भयो । सिमा समस्याका बिषयमा भारत सक्रात्मक देखिदैन भने अन्तराष्ट्रिय अदालतमा जानु पर्ने गौतमले बताउनु भयो । ( बिस्तृत भिडियोमा )