खच्चड निषेध अभियान, आहात व्यवसायी र हिमाली जनता

२८ कार्तिक २०७४, मंगलवार ०८:४२

शशिशेखर घिमिरे

सोलुखुम्वु ।

हिमाली जिल्ला सोलुखुम्वु लगायत पूर्वी पहाडी जिल्लामा  ढुवानीको प्रमुख साधनको रुपमा खच्चडले भारी वोकेर विकट स्थानको जनता समक्ष दैनिक खाद्यात्र लगायत आवश्यक मालसमान पुराउने चलन आजको हैन वर्षौ अघि देखिको हो । सरकारी अड्डा अदालतमा पनि कुनै समय सरकारी कामकाजको सिलसिलामा दैनिक भ्रमणको लागी भनेर घोडाको नै दरवन्दी भएपनि पछिल्लो समय सोलुखूम्वमा भने त्यो हटेको पाईएको छ । त्यसो त सोलुखूम्वुकै खच्चड प्रवेशमा निषेध गरिएको सगरमाथा वेस क्यापम प्रवेश गर्ने खुम्वु पासाङ ल्हुम गाँउपालीकामा जोप्के र याकहरुले मालसमान वोक्दै आएका छन् । पछिल्लो समय सडक विस्तारको क्रम वढेसंगै स्थानीय निकायको अवधारणामा गठित नगरपालीकाले स्थानीय विकास मन्त्रालयको वातावरण व्यवस्थापन शाखा मातहत शहरी, ग्रामीण र सामुदायिक वातावरणीय व्यवस्थापन र दिगोविकास सम्बन्धमा मन्त्रालयको नीति निर्धारण तथा योजना, निर्देशिका अनुसार सोलुदुधकुण्ड नगरपालीकाले स्वच्छ वातावरणको लागी सोलुखुम्वु सदरमुकाम सल्लेरीमा आफनो वार्षिक नीति अनुसार खच्चड नियन्त्रण अभियान अघि वढाएको छ । स्थलगत रिर्पोट ……

ढुवानीको प्रमुख साधन खच्चड
वषौदेखि हिमाली जिल्ला सोलुखुम्वुमा ढुवानीको प्रमुख साधनको रुपमा खच्चडको प्रयोग हुदै आएको छ । जटिल भौगोलीक अवस्थाका कारण बाटोघाटोको पर्याप्त व्यवस्था नभएको सोलुखुम्वुको लागी खच्चड नै हिमाली जनताको लागी मालसमान र दैनिक खाद्यसाम्रार्गी ओसारपसारको प्रमुख साधनको रुपमा रहँदै आएको छ । स्थानीय जनताको आवश्यक्ता र अभावलाई खच्चड व्यवसायीहरुले पूरा गर्दै आएको भएपनि पछिल्लो समय स्थानीय निकायको गठनसंगै सोलुदुधकुण्ड नगरपालीकाले बजार क्षेत्रमा खच्चड नियन्त्रणको नीति तथा कार्यक्रम अघि सारेसंगै व्यवसायीहरु चिन्तीत वन्न पुगेका छन् । त्यसो त पर्याप्त कालोपत्रे सडकको अभाव र फराकीला ग्य्राभेलिङ सडक मार्ग वन्ने क्रममा रहेको जिल्लामा नगरपालीकाले खच्चड नियन्त्रणको कार्यक्रम अघि सार्नु स्वाग्तयोग्य भन्दै केहि हतारो भएको हो कि भन्ने गुनासो व्यवसायीको छ । सोलुदुधकुण्ड खच्चड व्यवसायी संघका अध्यक्ष रामलाल श्रेष्ठले नगरपालीकाले खच्चड व्यवसायी माथि पूर्णतया अंकुश लगाउनु भन्दा व्यवसायी संग एकआपसमा छलफलको वातावरण वनाउनु पर्ने धारणा राखे । अझै पनि सवारी नपुग्ने जिल्लाको माथिल्लो भेगको ७५ प्रतिशत स्थानकालागि मालसमान ढुवानीको भरपर्दो माध्यमको रुपमा खच्चड रहेको छ ।

हवाईमार्गवाट गरिने ढुवानीको दाँजोमा खच्चड व्यवसायवाट गरिने ढुवानीमा लाग्ने कम लागतको कारण पनि जनताको लागि खच्चड व्यवसायको आवश्यक्ता ज्यादा रहेको अध्यक्ष श्रेष्ठको ठहर छ । अर्कोतिर खच्चडको मलमूत्रवाट खेतिको लागी आवश्यक पर्ने मलको उत्पादन गर्न सक्ने भए पनि त्यस तर्फ नगरपालीकाले ध्यान दिनुको साटो पूर्णतया नियन्त्रणको प्रयास आफैमा अशोभनीय रहेको व्यवसायीहरुको सामूहिक स्वर रहेको छ । जिल्लाको माथिल्लो भेगमा मालसमान ढुवानीको लागी खच्चडको विकल्प नरहेको ब्यवशायीको जिकीर छ । जटिल समस्यासंग जुध्दै र लड्दै वर्षौदेखि विकट भेगका मानिसहरुलाई ढुवानी सेवा दिदै आएका व्यवसायीको महत्व र आवश्यकतालाई सतही रुपमा हेरेर नगरपालीकाले निर्णय गरेको खच्चड व्यवसायी कविराज राईको भनाई छ । जटील भौगोलीक वनोटको कारण नै खच्चडको ढुवानी अनिवार्य देखिने तर्क पनि एकाथरीको छ । विषेशगरि सदरमुकाम सल्लेरीसम्म चारपाङ्गे सवारीसाधले मालसमान ढुवानी गर्दै आएतापनि सडकमार्गको पँहुच नभएका स्थानमा खच्चड नै समान ढुवानीको एक मात्र अनिर्वाय साधनको रुपमा रहेको नकार्न सकिन्न ।

झण्डै १२ देखि १३ सयको संख्यामा रहेका खच्चडले सीर्जना गरेको रोजगारले युवाहरुलाई मासिक ३० देखि ४५ हजारसम्मको आम्दानी दिने गरेको छ । सदरमुकाम सल्लेरीवाट खच्चड मजदूरहरुले जिल्लाको माथिल्लो भेगका खुम्वु पासाङल्हामु गाँउपालीका अन्र्तगत पर्ने लुक्ला, नाम्चे,खुम्जुङ क्षेत्र देखि नगरपालीका भित्रकै टाक्सीन्दु,कोशीपारीका महाकुलुङ गाँउपालीका अन्र्तगतका वुङ,छेस्काम,गुदेल,सोताङ, पाङगुम,पैयाँ, लगायतका स्थानमा खच्चडले सेवा पुराईरहेका छन् । लागतको खर्चको रुपमा समेत खच्चडवाट हुने ढुवानी कम लाग्ने व्यवसायीको दावी छ । त्यसैगरि सडक सञ्जालले नजोडिएको अवस्थामा ओखलढुँगा, जिरीदेखि खच्चडले हिमाली जिल्लामा सरकारी अनुदानका चामल देखि मालसामान वोक्ने गरेका थिए । अहिल्य पनि सल्लेरीमा मोटरवाट ल्याईएका सरकारी चामल देखि सेना पुलिस र सरकारी कर्मचारीका वन्दोवस्ती सामान खच्चडले नै जिललाका विभीन्न स्थान सम्म पुराउदै आएका छन् ।

 

नगरपालीकाको सौन्र्दय बिगार्दै खच्चड
स्थानीय निकायको अवधारणासंगै गठन भएका नगरपालीकाले आफना नीति नियम अनुसार विभीन्न कार्यक्रम अघि सारे अनुसार नगरपालीकाको सौन्र्दय विगार्ने खच्चड नियन्त्रण अभियान सोलुखुम्वुको सोलुदुधकुण्ड नगरपालीकाले अघि सारेको छ । नगरपालीका हुनका लागी आफनै किसीमका मापदण्ड रहेका हुन्छन् । सो अनुसार जथाभावी पालीएका खच्चडले बजार क्षेत्रमा फोहोर गर्नुको साथै वायू प्रदूषण गर्दा वजार क्षेत्रको सौन्दर्य त बिगारेको छ नै संगै वाटामो हुलका हुल हिड्ने खच्चडका बथानका कारण पनि दुर्घटनाको घटना हुने गरेका छन् । त्यसो त आवश्यकता भन्दा धेरै खच्चड जिल्ला भित्राईदा पनि समस्या उतिनै वढ्ने गरेको छ । जिल्लाका पूराना र नाम चलेका व्यवसायीले आवश्यकता अनुसार सीमित खच्चड भित्राउदाँ उतिसारो समस्या नभएपनि बाहिरवाट विचौलीयाहरुले खच्चड भित्राउने गर्दा त्यसलाई नियन्त्रण गर्न आफुर्लाइ हम्मे परेको सोलुदुधकुण्ड खच्चड व्यवसायी संघ दाबी गर्छ । पछिल्लो समय व्यवसायीवीच हुने अस्वस्थ प्रतिस्पर्धाका कारण पनि खच्चड व्यवसायमा अंकुश नै लगाउन पर्ने अवस्था आउदा पनि मौनता साँधेर वस्नुको विकल्प नभएको व्यवसायीको दुखेसो छ ।

पर्यटकीय जिल्लाको नाम र शानको रुपमा रहेको सोलुखुम्वुमा खच्चडको कारण निम्तीरहेको सडक समस्यालाई नियन्त्रणको अभियान स्वरुप कदम चालीएको सोलुदुधकुण्ड नगरपालीकाका मेयर नाम्गेल जाङवु शेर्पाको भनाई छ । नगरपालीकाको धेरै स्थानमा सडक पुगेको र ढुवानीको साधनको रुपमा मोटरहरु भित्रीएसंगै खच्चडको आवश्यकता नरहेको कारण नगरपालीकाले यो निर्णय लिईएको मेयर शेर्पाले वताए । नगरपालीकामा खच्चड विस्थापीत गर्दैमा व्यवसाय नै चौपट नहुने र आवश्यक नभएको स्थानमा खच्चड चलाईरहनु आवश्यक नरहेको उनको भनाई छ । नगरपालीकाले वार्षिक नीतिनियम अन्र्तगतको कार्यक्रमलाई कार्यान्वयन गर्न सरोकारवाला निकायलाई पत्राचार गरिसकेको वताईएको छ । नगरपालीकाको निर्णयलाई पालना नगरि अघि वढेको खण्डमा कडा कारवार्ही गरिने समेत नगरपालीकाले जनाएको छ । हाल ६० जना व्यवसायीले खच्चड व्यवसाय गर्दै आएका छन् ।