कोरोना संक्रमण बढ्ने क्रम देखिएपछि हेटौंडामा भदौ १५ गतेसम्म निषेधाज्ञा

८ भाद्र २०७७, सोमबार १३:००

हेटौंडा , कोरोना संक्रमण बढ्ने क्रम देखिएपछि मकवानपुरको हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिकाको राजमार्ग क्षेत्रमा निषेधाज्ञा भदौ १५ गतेसम्म थप गरिएको छ ।

यसअघि साउन २६ बाट सुरु भएको निषेधाज्ञा भदौ ९ गते सकिँदै थियो । हेटौंडा उपमहानगरपालिका पुरै र मनहरी गाउँपालिकाको राजमार्ग क्षेत्रमा संक्रमणको जोखिम मुल्यांकन गर्दै निषेधाज्ञा थप गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिनु भयो ।