कोरोनाको कारण डीपी सास्कृतिक रंगमञ्चका ८ कार्यक्रम स्थगित

४ चैत्र २०७६, मंगलवार १७:५४

भारत , डीपी सास्कृतिक रंगमञ्चको भाग सौह्रौ सास्कृतिक कार्यक्रम स्थगित भयको छ । मार्च २२ देखि मार्च २९ सम्म भारतका ८ ओटा शहरमा गर्न लागिएको कार्यक्रम कोरोना भाइरसको कारण स्थगित गरिएको हो । डिपी सास्कृतिक रगमञ्चका सदश्य गायक कमल शिरिष पुजाराका अनुसार ८ ठाउँ चन्नै, पुना, नाशिक, सुरत, अहम्दाबाद, राजकोट, हैदराबाद र बेंगलोरमा कार्यक्रम तय भएको थियो । उक्त कार्यक्रममा लोकदोहोरी गायक अमृत सापकोटा, लोकदोहोरी गायिका टिका सानु,, लोकपप गायिका एवम् मोडेल भावना आचार्य, लोक तथा डेउडा गायिका कल्पना विसी साथमा स्थानिय कलाकार को बिजोड प्रस्तुति रहने कार्यक्रम तय भएको थियो ।

कोरोनाको संक्रमणलाइ मध्यनजर गर्दै कार्यक्रम स्थगित गर्नुपरेको संस्थाका प्रबन्ध निर्देशक दिलिप बलायरले जानकारी दिए । अहिले लाइ कार्यक्रम स्थगित गरे पनि केहि समय पछि कार्यक्रम गर्ने उनले बताए ।