केपी ओलीले सूर्य पाउँदैनन्ः नेता नेपाल

२९ पुष २०७७, बुधबार १६:५६

 

नेकपा दाहाल–नेपाल पक्षका अध्यक्ष माधव नेपालले सूर्य चिह्न आफ्नै पक्षले पाउने दाबी गरेका छन् । बहुमत सदस्यको समर्थन रहेको र आफ्नो पार्टी नै वास्तविक नेकपा भएको भन्दै उनले वैधानिक रुपमा सूर्य चिह्न आफैँले पाउने बताएका हुन् । उनले आफ्नो पार्टीले सूर्य चिह्न पाएपछि ओली पक्षले अस्ताएको सूर्य पाउने बताए । उनले कार्यकर्तालाई वास्तविक नेकपा कुन हो भनेर नअल्मलिन आग्रह गर्दै प्रचण्ड र आफूले नेतृत्व गरेको पार्टीमा आउन आग्रह गरे ।