किस्ट मेडिकल कलेजमा एमबिबिएस चौथो वर्षको परीक्षा रोकियो

२० पुष २०७४, बिहीबार १२:५५

पुस २०, काठमाडौं । किस्ट मेडिकल कलेजको एमबिबिएस चौथो वर्ष र बिडिएसको प्रवेश परीक्षा रोकिएको छ । कर्मचारी आन्दोलनका कारण उक्त परीक्षा प्रभावित भएको हो ।

विगत २१ दिनदेखि कलेज र कलेजको अस्पताल दुबै पूर्ण रुपमा बन्द छ । जसका कारण चिकित्साका विद्यार्थीहरुको पठपाठनका साथै परीक्षामा समेत अवरोध आएको हो ।
विभिन्न १५ बुँदे माग राखेर हड्तालमा कर्मचारी हड्तालमा उत्रिएपछि माग पूरा गर्न नसकिने भन्दै व्यवस्थापनले पढाइ र उपचार सेवा बन्द गरेको हो।

विद्यार्थीले परीक्षा स्थगित भएको र कक्षा सञ्चालन नहुने कुनै सूचना समेत नपाएको बताएका छन् । एक्कासी कलेज बन्द गरेर आफ्नो भविष्यमाथि खेलबाड गरिएको भन्दै आवश्यक कदम चालिदिन नियामक निकायसँग आग्रह गरेका छन् । किष्ट मेडिकल कलेज विद्यार्थी समाजका अध्यक्ष विनोद न्यौपानेले विद्यार्थी र बिरामीका दुःखलाई ध्यानमा राख्दै विना शर्त वार्तामा बस्न आग्रह गरेका छन् ।