कालीखोलामा पुल भासिएपछि सवारी आवागमनमा अवरोध

५ पुष २०७४, बुधबार ०७:३३

पुष ५, चितवन ।

काठमाण्डौ जोड्ने नारायणगढ मुग्लिन सडक खण्डमा फेरि सवारी आवागमन अवरुद्ध भएको छ । स्थानीय कालीखोलामा पुल भासिएपछि सवारी आवागमनमा अवरोध भएको प्रहरीले बताएको छ । अत्याधिक भारबाहक सवारीका कारण पुल भासिएकाले सवैखाले सवारी साधन आवातवाजातमा समस्या भएको चितवनका पत्रकार पुनम गौतमले जनाएकी छिन् ।पुल भासिएपछि पछिल्लो तीन घण्टादेखि सडक अवरुद्ध बन्न पुगेको छ ।
भने सडकमा अहिले एकोहोरो रुपमा गाडी पास गराईएको बुझिएको छ ।  पुलको दायाँ बायाँ नै खोला भएको र सडक पनि साँघुरो भएकाले यो क्षेत्रलाई जोखिम युक्त क्षेत्रमा राखिएको छ ।