काठमाण्डौको भद्रकालीमा बस दुर्घटना, दुई जना घाइते

१ माघ २०७७, बिहीबार १०:३७

काठमाण्डौ । काठमाण्डौको भद्रकालीमा बस दुर्घटना भएको छ । बा ३ ख ४४३७ नम्बरको एक यात्रुवाहक बस भद्रकालीको आकासे पुल नजिकै सडकमै पल्टिएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाकाअनुसार बसमा तीन जना मात्रै थिए । दुर्घटनामा चालकसहित एक बच्चा घाइते छन् । घाइतेको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । बसमा रहेका अर्का एक व्यक्ति भने सम्पर्कमा नभएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।