काठमाडौँ उपत्यकामा ८३५ संक्रमित थपिए

१० मंसिर २०७७, बुधबार १६:५०

काठमाडौँ , काठमाडौँ उपत्यकामा आज ८३५ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आज काठमाडौँ उपत्यकामा ३५० महिला र ४८५ पुरुष गरि ८३५ जना संक्रमित भएका हुन् ।

त्यस्तै काठमाडौँमा ६३५, भक्तपुरमा ८७ र ललितपुरमा ११३ संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार अहिले काठमाडौँमा ७ हजार ६६० सक्रिय संक्रमित रहेका छन् भने भक्तपुरमा ५८० र ललितपुरमा १४ सय ९९ सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै अहिलेसम्म काठमाडौँ जिल्लाका ७७ हजार १५७ जना संक्रमण मुक्त भएका छन् भने भक्तपुरका ७ हजार ६ र ललितपुरका ११ हजार ९८ जना संक्रमण मुक्त भएका छन् ।

त्यस्तै अहिलेसम्म काठमाडौँ जिल्लामा ३३५ कोरोना संक्रमितको मृत्यु भएको छ भने भक्तपुरका ८९ जना र ललितपुरका ९३ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

अहिलेसम्म काठमाडौँमा कुल ८५ हजार १५२ जना संक्रमित भएका छन् भने भक्तपुरका ७ हजार ६७५ र ललितपुरका १२ हजार ६९० जना संक्रमित भएका छन् ।