काँग्रेस र कम्युनिस्टको विकल्प राप्रपाः कमल थापा

२७ कार्तिक २०७६, बुधबार ११:१३

पोखरा , राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले काँग्रेस र कम्युनिस्टको विकल्प राप्रपा भएको दाबी गर्नु भएको छ ।

कास्की–२ को उपनिर्वाचन प्रचार अभियानको क्रममा आज पोखराको बिरौटामा आयोजित सभालाई सम्बोधन गर्दै थापाले बिगतमा आफूहरुबाट भएका त्रुटि र कमजोरीबाट पाठ सिक्दै सच्चिएर अघि बढ्ने समेत प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

विधिको शासन, बेरोजगारी समस्या र भ्रष्टाचारको अन्त्य, स्वाधिनताको रक्षा र सिमाको सुरक्षा चाहनेले राप्रपाजस्तो राष्ट्रबादी शक्ति रोज्न आग्रह गर्दै उहाँले धर्म, संस्कृतिको नास गर्नेहरु सँग सतर्क रहनुपर्ने विचार व्यक्त गर्नु भयो ।

मन्तव्यका क्रममा राजनीतिक परिवर्तनले धर्मान्तरण र विदेशी प्रभाव अनि दबाब मात्र बढाएको भन्दै राष्ट्रियता कमजोर भएको उहाँको टिप्पणी थियो ।