कस्तो विद्यार्थीले कुन शिक्षा लिदा राम्रो हुन्छ ?

२ श्रावण २०७५, बुधबार ०६:१८

साउन २, काठमाडौं ।

अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको आयोजनामा साउन ५ गते शनिबार दिनको १२ बजे संवाद डवलि अनामनगर, काठमाडौंमा एस. ई. ई. पास गरि उच्च शिक्षा हासिल गर्ने अभिलाषा लिएर आएका सम्पूर्ण विद्यार्थी साथीहरूलाई बधाई तथा अभिनन्दन साथै अब कस्तो विद्यार्थीले कुन शिक्षा लिदा राम्रो हुन्छ भन्ने कौतुहलता मेटाउनको लागी बिज्ञहरुको विशेष कक्षा सहितको कार्यक्रम आयोजना गरिएको कुरा अखिल क्रान्तिकारीका अध्यक्ष आलोक रायमाझीले जानकारी दिए ।

उक्त महत्त्वपूर्ण कार्यक्रममा उपस्थितिको लागि सम्पूर्ण एस. ई .ई. पार गरेका विद्यार्थीहरुलाई अनुरोध गरिएको रायमाझीले जानकारी दिए ।