कसरी परिणत भयो पहिलेको अतिथि गृह, अहिलेको ‘भूत बंगला’मा

१४ फाल्गुन २०७४, सोमबार ०७:२१

फागुन १४, काठमाडौं ।

कुनै बेलाको निकै राम्रो अतिथि गृह अहिले भने ‘भूत बंगला’मा परिणत भएको छ ।

सदरमुकाम तम्घासमा आउने कुनै पनि बिशिष्ट व्यक्तिहरुलाई राख्नको लागि भन्दै ०२५ सालमा निर्माण भएको भवन अहिले भने जिर्णसँगै भूत बंगाला नामले परिचित छ ।

जिल्लामा आउने अतिबिशिष्ट व्यक्तिहरुको लागि निर्माण गरिएको अतिथि आवास गृह अहिले भने भूत बंगालामा परिणत भएको हो ।

साबिकको तम्घास गाविस र हालको रेसुङ्गा नगरपालिका वडा नम्बर २ मा पर्ने अतिथि आवास गृह संरक्षण अभावले प्रयोगबिहीन छ ।

मर्मत नहुँदा आवास गृह प्रयोगबिहीन भएपछि स्थानीवासीले यसलाई भूतबंगाला भनेर चिन्छन् । तत्कालीन समयमा निकै कलात्म ढंगले निर्माण गरिएको भवन हाल जिर्ण अवस्थामा छ ।

भवन जिर्णसँगै उक्त टोलकै नाम भूत बंगलाले परिचत हुने अवस्था आएको छ । तत्कालीन समयमा जिल्ला सदरमुकाममा कुनैपनि त्यस्ता बिशिष्ट बस्ने खाने खालका होटलहरु नहुँदा अतिथि राख्नको निम्ति राज्यले धेरै रकम खर्चेर अतिथि आवास गृह निर्माण गरेको हो ।

आवास गृह निर्माणसँगै केही वर्ष प्रयोगमा पनि खासै प्रभावकारी भने नभएको स्थानीयको भनाइ छ ।

तर, हाल पछिल्लो समय यता मान्छे पनि नबस्ने जुन उदेश्यले निर्माण भयो त्यो पनि नहुँने मर्मत र प्रयोगबिहीन भएसँगै आवास गृह भूत बंगला बनेको छ ।

तत्कालीन समयमा तम्घास लगायत गुल्मी जिल्लामै उत्कृष्ट मानिने उक्त आवास गृहमा निकै मेहनत र कलात्मक तरिकाले निर्माण भएको स्थानीयवासी बताउँछन् ।

आवास गृह निर्माणको तत्कालीन लागत फेला पर्न नसकेपनि उक्त समयमा धेरै रकम लगाएर निर्माण भएको स्थानीयवासीको भनाइ छ ।


आवास गृह दुईवटा तल रहेको छ । गृहको प्रत्येक कोठामा काठमाथि ढुंगा र त्यसमाथि पलस्टर गरेर निकै बलियो र कलात्मक बनाइएको थियो ।

तत्कालीन समयमा बाग्लुङ्गका ठेक्दारले ठेक्का लिएर निर्माण भएको भवनमा जिल्लाको इस्मा लगायत धेरै ठाउँबाट बहुमूल्य काठहरु ल्याएर आवास गृह बनाइएको भनाइ छ ।

उक्त ठेक्दारले भवन पूरा स्टेमेट अनुरुप काम गर्दा गर्दै घाटा खाएको भन्ने स्थानीयवासी बताउँछन् ।

आवास गृहमा भान्सा कोठा, हल र अन्य अतिथि कोठाहरुसँगै ८ वटा रहेका छन् ।

तत्कालीन समयमा पनि हालको जत्तिकै कलात्म र अत्याधुनिक तरिकाले निर्माण भएको आवास गृहमा गुल्मी जिल्लामा आउने केही बिशिष्ट अतिथिहरु बसेको पाइन्छ ।