ओली नसच्चिए छिट्टै पतनको बाटोमा जानेः युवा नेता रिजाल

२३ कार्तिक २०७७, आईतवार ११:३७

काठमाडौं , नेकपाका युवा नेता राम प्रसाद रिजालले प्रधानमन्त्री ओलीले अंहकारको राजनीति छोडनु पर्ने बताउनु भएको छ । यदि ओलीले अंहकारको राजनीति नछोडे नेकपाको लागि होइन, ओलीको लागी आत्मघाती नेता रिजालको तर्क छ । नेता रिजालले कम्युनिस्ट पार्टीमा अन्तर–संघर्ष हुनु स्वभाविक भएको बताउनु भयो । नेकपा फुट्दैन अझ बलियो परिष्कृत र विकसित हुने भन्दै नेता रिजालले नेकपा भित्रको लडाई पार्टीलाई विधिमा हिडाउन भएको बताउनु भयो ।

अहिलेको नेकपाको लडाँई सत्य र असत्य बीचको लडाँई हो, ओली जालझेल र असत्यको पक्षमा र प्रचण्ड र माधव नेपालहरु सत्यको पक्षमा रहेको नेता रिजालले बताउनु भयो । पार्टी निर्णय मान्दिन अरु कोही हैनन भन्दै प्रधानमन्त्री ओलीलाई अंहकार बढेको बताउदै नेता रिजालले ओली नसच्चिए छिट्टै पतनको बाटोमा जाने बताउनु भयो ।
नेकपा भित्र अंहकारको हैन विधि पद्धतिको जीत हुने बताउदै उहाँले सबैले मनन गरौं यो देशको भविष्य एकीकृत नेकपामै रहेको समेत दावी गर्नु भयो । पार्टी एकता जोगाउन आवाश्यक परे प्रधानमन्त्री केपी शर्मा ओलीले पनि त्याग गर्नसक्नुपर्ने भन्दै नेता रिजालले पार्टी अध्यक्ष केपी ओलीले आफ्नो आलोचना सुन्न नखोज्नुले उहाँलाई झन कमजोर बनाउने बताउनु भयो । पार्टीलाई एकल नेतृत्व हैन सामुहिक नेतृत्वको आधारमा चलाउनुपर्ने समेत नेता रिजालको सुझाव छ ।