ओलीले गल्ति स्वीकार गरेमा उहाँलाई स्वागत गर्न तयार छौंः पुष्पकमल दाहाल

७ पुष २०७७, मंगलवार २०:५०

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो कदमप्रति गल्ती स्वीकारेमा यथोचित जिम्मेवारी दिन अझै तयार रहेको बताउनु भएको छ ।

नेकपा अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय समितिका सदस्यको बैठकलाई सम्बोधन गर्दै उहाँले भन्नु भयो, “संसद् भङ्ग गर्न गल्ती भयो, साथीहरुको भावना समेट्न सकिन, म पश्चात्ताप गर्छु भनेर आउन चाहनुभयो भने उहाँलाई स्वागत गर्न अहिले पनि हामी तयार छौँ ।”

प्रधानमन्त्री ओलीले पश्चाताप नगरेमा स्थायी समितिको निर्णयअनुसार उनीमाथि अनुशासनको कारवाही हुने अध्यक्ष प्रचण्डले स्पष्ट पार्नु भयो ।