एमसीसी परियोजनाको विषयमा नेकपा पार्टी कमिटीमा व्यापक छलफल हुनुपर्छः नेता रिजाल

१३ जेष्ठ २०७७, मंगलवार ०९:५५


काठमाडौं , नेकपाका युवा नेता राम प्रसाद रिजालले एमसीसी परियोजना शर्त सहित स्वीकार गर्न नसकिने बताउनु भएको छ । आयोखवर संग छोटो कुराकानीमा यस्तो बताउनु भएको हो । अमेरिकाले साच्चै नै नेपाललाई विकास निर्माण, शिक्षा, स्वास्थ्य, लगायतका पूर्वाधारमा सहयोग गर्न खोजेको भए विना शर्त सहयोग गर्न तयार हुनुपर्ने नेता रिजालको भनाई छ । एमसीसी परियोजनाको विषयमा नेकपा पार्टी कमिटीमा व्यापक छलफल हुनुपर्ने बताउनु भयो । नेता रिजालले पार्टीका वरिष्ठ नेता झलनाथ खनालको संयोजकमा गठित कार्यदलको सुझावको आधारमा एमसीसी पास गर्दा पार्टी र मुलुकलाई फाईदा हुने तर्क गर्नु भयो ।

एमसीसी पास वा फेल गर्ने अधिकार पार्टी कमिटीलाई दिनु पर्ने भन्दै नेता रिजालले पार्टी कमिटीको उचित निर्णयलाई सरकारले मान्नुपर्ने बताउनु भयो । मुलुकको सार्वभौम सत्ता अखण्डता स्वाधीनता स्वतन्त्रा जस्ता कुराहरुलाई अक्षुण राखेर एमसीसीको बारेमा राष्ट्रवादी कम्युनिस्ट सरकारले निर्णय गर्नुपर्ने नेता रिजालको भनाई छ ।