एप्पल वल्र्डले ल्यायो ग्राहकलाई दशै तिहार मेगाअफर योजना

१ आश्विन २०७४, आईतवार ०९:११

काठमाडौं १ असोज । नेपालीहरूको महान् पर्व बडा दसैं र शुभ दीपावलीको अवसर पारेर एप्पल वल्र्ड मोबाइलले आफ्ना ग्राहकलाई लक्षित गरि ‘अफरभित्र पनि मेगा अफरको योजना ल्याएको छ ।

काठमाडौंको दरबारमार्गस्थित मर्कन्टायल प्लाजामा रहेको मल्टिब्राण्ड मोबाइल सोरुमा एप्पल वल्र्डले मोबाइल खरिद गर्ने ग्राहकलाई हात खाली नजाने उपहारका साथमा विभिन्न बम्पर उपहार दिने योजना ल्याएको हो । मोबाइल खरिद कर्ताले हरेक मोबाइलको खरिदमा हात खाली नजाने उपहार पाउने छन् भने सुनचाँदीको सिक्कासमेत पाउन सक्नेछन् । मोबाइलका मोडल हेरि ६० प्रतिशत सम्म छुट पाइने एप्पल वल्र्डमा बम्पर उपहार स्वरुप एक जनाले आरवान फाइभ बाइक, एक जनाले आइफोन ८ र एकजनाले मलेसिया र सिंगापुरको टुरलक्की ड्र मार्फत पाउने छन्। एप्पल वल्र्ड मोबाइलमा जस्तोसुकै मोबाइल एक्सचेन्ज गरिनुका साथै ‘फेस टु फेस मोबाइल मर्मतको सुविधा समेत ग्राहकले पाउने छन् ।

हरेक मोबाइलको खरिदमा मोबाइल, पावर बैंक, सेल्फी स्टिक, एअरफोन, ब्लुतुथ स्पिकर, टेम्पट ग्लास, सुनचाँदीको सिक्का, टिसर्ट लगायत विभिन्न उपहारहरू प्राप्त गर्न सक्ने एप्पल वल्र्ड मोबाइलका म्यानेजर निराजन मल्ल ठकुरीले बताए । लेटेस्ट र ब्राण्डेड मोबाइलको कारोबारमा ख्याती कमाएको मल्टिब्राण्ड मोबाइल सोरुम एप्पल वल्र्डले टच एन्ड फिलको सुविधा सहित बिश्वबजारमा उपलब्ध सबै ब्रान्डका मोबाइलको कारोबार गरिरहेको छ ।