एक्सन लभस्टोरी फिल्म ‘सोच’ को तिमीले मलाई

२७ श्रावण २०७६, सोमबार ११:३४



काठमाडौं , एक्सन लभस्टोरी फिल्म ‘सोच’ मा समावेश तिमीले मलाई सहारा बोलको गीत सार्वजनिक गरिएको छ। भदौ २० गते प्रदर्शन हुने फिल्मको गीतमा नीता ढुंगाना र प्रज्वल गिरीलाई प्रेमाभावमा प्रस्तुत गरिएको छ।
शंकर अधिकारी घायलले लेखेको सार्वजनिक गीतमा योगेश काजी, जुनु गौतम र सुनीता थेगिङको स्वर र डीजे एलएक्सको संगीत छ। पूजन सिंह को निर्देशनमा निर्माण भएको फिल्ममा नीता र प्रज्वलका साथमा नवनायक पूजन सिंह प्रमुख भूमिकामा छन्।

सोच फिल्मस् प्रोडक्सन एन्ड डिस्ट्रिब्युटर्सको ब्यानरमा निर्माण भएको फिल्मका अन्य कलाकारमा विशाल पहाडी, सोनिका, किरण थापा, रितेश श्रेष्ठ, उत्तम केसीलगायत छन्।

गंगा रजक प्रकाश र एसडी निर्माता रहेको फिल्म विदुर पाण्डेले खिचेका हुन्। कृष्ण आचार्यको पटकथा, संवाद रहेको सोचमा एनबी महर्जनको द्वन्द्व निर्देशन, रामजी लामिछाने र प्रभाकर प्रकाशको कोरियोग्राफी र प्रितम पाण्डेको सम्पादन छ।