उपराष्ट्रपतिको चियापान

१९ कार्तिक २०७५, सोमबार १७:४९

काठमाडौं– उपराष्ट्रपति नन्दबहादुर पुनले सोमबार तिहार, छठ एवम् नेपाल संवत्को अवसरमा शुभकामना आदानप्रदान तथा जलपान समारोहको आयोजना गरेका थिए ।

बहादुरभवनस्थित कार्यालयमा आयोजना गरिएको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रीहरु, राष्ट्रिय सभाका अध्यक्ष, कुटनीतिक नियोगका प्रमुख लगायत भिभिआइपी तथा भिआइपीहरुको सहभागि भएका थिए ।

यसअघि कार्तिक १६ गते राखेको चियापान सोही दिन काँग्रेसको समेत चियापान परेपछि मिति परिवर्तन गर्दै २०७५ कात्तिक १९ गते आयोजना गरीएको हो ।